• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- महत्व हिन हुन्छ त्यो फूल मुर्झाई झरे पछि- देवराज जोशी ‘खाल्टेली’

Published : 5 months ago


महत्व हिन हुन्छ त्यो फूल मुर्झाई झरे पछि

अपनत्व टाढा हुन्छ माया वसाई सरे पछि ।।

 

घुर्कीफुर्की ठाकठुक चल्छ आत्मियतामा सधै

चुहाउने आँसुको महत्व हुन्छ के मरे पछि ।।

 

साथको अपेक्षा पार पाउन नदी मझदार

अर्थ हिन हुन्छ त्यही लौरो नै खोला तरे पछि ।।

 

विस्मृत हुन्छ ईतिहास जति नै होस सुनौला

मित्रता वदलिन्छ शत्रुतामा  दागा धरे पछि ।।

 

मुखमा राम राम वगलिमा छुरा वोकी हिड्दा

अमृत हुन्छ कहाँ जहरको बिज छरे पछि  ।।

 

देवराज जोशी ‘खाल्टेली’

   २१ भाद्र,२०७६