• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

मुक्तकहरू- मेघनाथ सुवेदी

Published : 1 week ago


गाउँघरमा खुशी साट्ने घुमे झरी हरायो

नारीलाई शोभा दिने त्यै तिलहरी हरायो

इङ्गलिस स्कूल भत्काउँदै प्रजातन्त्र आएदेखि

बालकको तोते बोली बार्‍हखरी हरायो ।

बचपनमा झै आजभोली औकात मिल्दैन

एउटै कोखको जन्म हुन्छ जात मिल्दैन

बांचुन्जेल फुर्ती न हो मरेपछि जल्नै पर्छ

पिडा पोखुँ त शांतिको कोही रात मिल्दैन।

चाँद डुवेर जान्छ चम्कन्छ तारा रातमा

म कुना छत वसी गन्छु ति सारा रातमा

हृदय पगाल्दै जव कुनै एक हेरी रहन्छु

साहारा साथ दिने दिन्छ ईसारा रातमा।

 

मेघनाथ सुवेदी

कोशी हरैंचा- ९, खोर्साने मोरंग