• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- कसैको मन बहुत दुखाउँछ दशैं आयो भने- दुर्गा चापागाईं

Published : 1 week ago


कसैको मन बहुत दुखाउँछ दशैं आयो भने

र  कसैलाई  खुसी बनाउँछ दशैं आयो भने

 

साहुले  छुट्टी  दिँदैन  छोरो  घर  फर्किदैन

रुँदै  शुभकामना  पठाउँछ दशैं आयो भने

 

बर्षौं सम्म अँध्यारा हुने घर उज्याला हुन्छन्

साँच्चै हर्ष र रमाईलो छाउँछ दशैं आयो भने

 

जहिले फाटेको लाउने पनि बदलिँदोरहेछ

उसले  नयाँ-नयाँ लगाउँछ दशैं आयो भने 

 

तिमी छैनौ मलाई  हर क्षण  नमिठा  लाग्छन्

तिम्रै यादले बेस्सरी सताउँछ दशैं आयो भने ।

 

दुर्गा चापागाईं

दैलेख