• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल -थाहाछैन कस्तीथिन् मुना मदनका लागि-सरोज तिम्सिना 'अमुर्त'

Published : 1 week ago


थाहाछैन कस्तीथिन् मुना मदनका लागि।

तिमी नानी  जस्तै हौ मेरा नयनका लागि।

 

कि पागल बनाईदेउ कि बचपन फर्काइदेउ

बहुत गर्हो रहेछ जिउन  सज्जनका लागि।

 

इज्जत कमाउन इज्जत नै फाल्नुपर्ने भयो

उनी नाङ्गिएकी हुन् महगो पहिरनको लागि।

 

स्वतन्त्रता पाउन युद्द गर्नुपर्छ,क्रान्ती गर्नुपर्छ

एक प्यार  नै काफी हुन्छ बन्धनका लागि।

 

उसले चुरोट  बनेर आफैलाई जलाइ दिई

यार केवल  प्रेमीको एक चुम्बनको लागि।

 

सरोज तिम्सिना 'अमुर्त'

स्रोङ २ ईलाम