• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल-भुल्नै नसकिने प्रियसीको नाम लिएर आउँछ- शोभाराम ओली

Published : 7 months ago


यो साउनले मदहोशीको साम लिएर आउँछ।

भुल्नै नसकिने प्रियसीको नाम लिएर आउँछ।

 

प्राप्ती मात्र होइन प्रेम रहेछ समर्पण पनि,

घाइते प्रेमी मुटुमा नील डाम लिएर आउँछ।

 

नफरत जागेर आउँछ मलाई उज्यालो देख्दा,

जता जान्छु मेरो दुश्मनले घाम लिएर आउँछ।

 

भोकै बाटोमा रुँदै छ दुस्खी,गरिब अनि भिखारी,

न देखे झैं धनी मन्दिरमा दाम लिएर आउँछ।

 

सरकार लागेको पिडीत जनताको झुपडीमा,

दैवले बाढी पहिरो धुम धाम लिएर आउँछ।

 

शोभाराम ओली

परिबर्तन गाउँपालिका -२ राङसी,  रोल्पा

हाल दोहा, कतार