• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल - परदेशी जीवन विताउनु कहाँ त्यति सजिलो छर -रामकाजी राई दिबुछा

Published : 1 week ago


परदेशी जीवन विताउनु कहाँ त्यति सजिलो छर ।

जे नि हुन सक्छ् यहाँ लाग्दैन मलाई कसैको भर ।

 

आफ्नो खुशी चल्दैन चल्नुपर्छ अरुकै  इसारामा

त्यसैले त  मनमा सधैं हरेकपल लागि रहन्छ डर ।

 

सबै कुरा निशुल्क छ भन्दै पठाउँछ मेन पावरले

तिर्नेलाई  थाहा हुन्छ् कति तिर्नु पर्छ भनेर डलर ।

 

पराइ त आखिर पराइ नै हुन्छ  घर  छोडेर  हेर्नु

अनि मात्र थाहा हुन्छ् कति पार्छन वर कति पर ।

 

काम गरेपनि दुःख देख्दैनन् पसिना झारे पनि

बोसले  सधैं नै एउटै कुरा भनिरहन्छ् काम गर ।

 

रामकाजी राई दिबुछा

दिप्रुङ चुईचुम्मा गाउँ पालिका खमारे