गजल- जादुमय तरिकाले यी आँखा झुक्याउँछन्- भूमा डि.सी.
Published : 1 year ago

जादुमय तरिकाले यी आँखा झुक्याउँछन्
सखा नै फूलको मुनि काँडा बिछ्याउँछन्
अभाव र रोग एकैसाथ घरमा प्रवेश गरेर
बारम्बार ती मेरो गरिबीलाई गिज्याउँछन्
अन्धो कानुन,बहिरो न्याय छ बुझ्नुपर्छ नि
छोरी लुटिँदा बेकारमा गुहार चिच्याउँछन्
बरु मातापिताको त्यति हेरचाह हुन्नहोला
छोराछोरी त्यतिधेरै कुकुर सुमसुम्याउँछन्
त्त्यतिबेला नै चिन्न छोडिदिन्छन् साथीहरू
जब मेरो जेबमा भाको पैसा सिध्याउँछन् ।
भूमा डि.सी.
दाङ