गजल- हिजो कहाँ थियौ दुख पीडाले चुटेको दिन- सुरेश पाण्डेय
Published : 1 year ago

मन कति रोयो कति उनी छुटेको दिन!!
बेहोस् भै ढलेँ सम्बन्ध नै टुटेको दिन !!
आखामा तस्वीर मुटूमा माया राखेर!!
लाखौँ बिन्ती गरे मलाई कुटेको दिन!!
डराउदिन म ज्यान लिन्छु भनेपनि अब !!
मर्नुको निर्णय गरिसके भाग्य फुटेको दिन !!
उही कुरा किन गरिरहनु तिमीले बारम्बार
यता मेरो सारा समाजहरू जुटेको दिन !!
टाढा बाटै हाँसेका थिए मेरा दुष्मनहरु!!
अकस्मात् मेरो पवित्र मायाँ लुटेको दिन !!
मित्र बनेर आउँछौ यार अहिले त तिमी !!
हिजो कहाँ थियौ दुख पीडाले चुटेको दिन
उनीलाई पनि एउटा खबर सुनाइदिनु अब !
आउँनु अरे एकै पटक धान भुटेको दिन !!
सुरेश पाण्डेय
सुर्खेत विरेन्द्रनगर