• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

दुर्गा खरेलको डोली कस्ले सजायो(भिडियो सहित)

Published : 9 months ago


काठमाडौँ : नेपाली सुगम संगीतमा रुचाहिएकी गायिका हुन्– दुर्गा खरेल । उनी पप, आधुनीक तथा चलचित्रको पाश्र्व गायनमा उत्तिकै जमेकी छिन् । यतिबेला बजारमा अविवाहित गायिका खरेलको डोली सजिएको चर्चा भएको छ । तर, उनको डोली रियल लाईफमा नभएर सांगीतिक जीवनमा सजिएको हो । गायिका खरेलको नया“ गीत ‘डोली सजाई’ सार्वजनिक भएको छ । 

सार्वजनिक गीतमा गायिका खरेलले गायनमा सुगम पोख्रेलले साथ दिएका छन् । गायिका खरेल यो गीतमा संगीतकार अर्जुन पोख्रेलको संगीत तथा संगीत संयोजनमा गुञ्जिएकी छिन् । गीत अम्बिका गुरुङ्ले लेखेकी हुन् । 

शिव बिकले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा गायिका खरेल पनि देखिएकी छिन् । अभिनयमा उनीस“गै पल शाह र रेश्मा घिमिरे लिड रोलमा देखिएका छन् । नरेश बिसीले रेकर्ड गरेको गीतको अडियो मिक्सिङ साजन शाहले गरेका छन् । 

शिव बिकले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा निर्देशक बिककै कोरियोग्राफी रहेको छ । अर्जुन तिवारीले छायांकन गरेको म्यूजिक भिडियो अर्जुन जिसीले सम्पादन गरेका हुन् । 
गीतको म्यूजिक भिडियो