• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- गाँउको कोदो फाँपर खाएर बसौंला फर्क- नेत्र कुँवर

Published : 8 months ago


कोहि बसेको छ यहाँ  खै के को दाँउमा

आएर नुन चुक छर्कि दिन्छ मेरो घाउमा

 

गाँउको कोदो फाँपर खाएर बसौंला फर्क

जवानी साँचेको छुँ परदेशी तिम्रो नाउमा

 

चाक्ला सडक उस्तै तडक  भडक के छैन

सबै थोक छन्  हिजो आज  हाम्रो गाँउमा

 

तिमी धनी छौ म गरिब छुँ -फरक यत्ति हो

तिमी खुशी छौ तिम्रो ठाँउमा म मेरो ठाँउमा

 

चाहे पत्थर फ्याक्नुस चाहे फूल फ्याक्नुस्

साहेब ! तरंग  उस्तै आउछन यो तलाउमा

 

 

नेत्र कुँवर

अछाम बयालपाटा

हाल काठमाण्डौ