• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल - दिनरात घरमै थुनेर राखिदियो कोरोना भाइरसले- बालिका अभिलाषी

Published : 1 year ago


दिनरात घरमै थुनेर राखिदियो कोरोना भाइरसले

मान्छेको दिनचर्या नै बदलिदियो कोरोना भाइरसले

 

स्वस्थ र सचेत बनौ आफैं, हात धुने गरौं बेलाबेलामा

हजारौं को जिन्दगी नै सकिदियो कोरोना भाइरसले

 

न भन्छ धनी गरिब न त भन्छ नै तन्नेरी जवान यस्ले

सारा बिस्वनै संकटमा पारिदियो कोरोना भाइरसले

 

हे …..नेपाली दाजु-भाइ, दिदिबहिनी बिन्ती सबैलाई

'मलाई आउन मज्बुर नपार्नु' भनिदियो कोरोना भाइरसले

 

बालिका अभिलाषी

पोखरा ।