• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- यता सारा जनता, कोरोनाको मारमा छ- शिरीष ढकाल

Published : 11 months ago


यता सारा जनता, कोरोनाको मारमा छ ,

अनि उता नेता चरम, भ्रष्टाचारमा छ ।

 

मौका यहि हो रित्याउँने, देशको ढुकुटी ,

भन्ने सोच चाहिँ उता, बालुवाटारमा छ ।

 

संसार भरी फैलाई, रोगको महामारी ,

उता चीन भने, पिपिइको व्यापारमा छ ।

 

चिन्ता यो रोगको होइन, चिन्ता छ भोकको ,

मलाई मात्र होइन सारा, संसारमा छ ।

 

आज काम गरि आजै, खाने म गरीवको ,

जीवन जिउनु र मर्नुको, संघारमा छ ।।

 

शिरीष ढकाल

मन्डनदेउपुर नगरपालिका ५ काभ्रे

हाल दुबई, युएई ।