गजल- बाटो राख फेरि हिँड्न,नमेटाउ पाईलाहरु- रबिन घिमिरे
Published : 11 months ago

बल्ल मात्र तिम्रो जित …..बल्ल जित हुन्छ
जब भोका,नाङ्गा,गरिबहरुको हित हुन्छ
पचास मत बढी ल्याउँदैमा,खुशी नमनाउ
जितेनौ जब मन भने,हारेँ भन्न उचित हुन्छ
दंग बन तिमि तर,झसङ्ग नबन पछुताएर
सद्बुद्धी पलाएन भने,उहीँ पुरानै रित हुन्छ
भकारी आफनै नभर सधैँ,आत्मा शुद्धी गर
आशिषले दु:खीजनको,हार मर्यादित हुन्छ
बाटो राख फेरि हिँड्न,नमेटाउ पाईलाहरु
नत्र त्यही बाटो तिमिसँग,पुन: भयभीत हुन्छ
रबिन घिमिरे
दोलखा हाल मलेसिया