• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

कविता - खवरदार- प्रदिप कुमार गिरी

Published : 9 months ago


खवरदार

 

खवरदार मेरो देश जुवाको खाल हैन।

मेरो देश रितीथिती संस्कर र संस्कृति

को धरोहर हो ईतिहासको दस्तावेज हो।

म रहुँला न रहुँला एक एक हिसाव हुनेछ।

 

यो समय एक दिन ईतिहास हुनेछ।

वल्टाई पल्टाई एक एक हिसाव हुनेछ।

लुट्न र चुट्नलाई पल्केको तिमी र तिम्रा

भडुवाँलाई एक दिन शुलीमा चडाईने छ।

 

मजदुरको पसिना न सोस्नु तिमीलाई

पोल्ने छ तिम्रा सन्तानलाई पोल्ने छ।

खवरदार युवा मैत्री शासन र ब्यवस्था।

ढिलो चाँडो आउने छ त्यो दिन हिसाव हुनेछ।

 

कुरिती भष्ट्र र कुसंस्कारको त्राही माम् हुनेछ।

त्यो दिन उज्जवल अमर गाथा कोरिने छ

शहिदको एक एक थोपा रगतको मुल्याङ्कन

अनि दमनको हिसाव अवश्य हुने छ।

 

हामीलाई मर्न को के डर मृत्यु त हाम्रो मित्र हो

बिचार कहिले मर्दैन्न विचार अजर अमर हुन्छ

आज विद्धान र विद्धता कदर भलै नहोला त्यो

एक जुगमा एक पल्ट आउने छ समाजिक र

गैरसामाजिकको हिसाव त्यो दिन हुने छ।

 

खवरदार देश मुज्रा र द्युतक्रिडा गर्ने स्थल हैन

देश बिचारको पुँज हो वलिदानी छ हजरौँको

देश एक परिवारवाद र जन्मले शासक र शासक जन्माउने

प्रसुति केन्द्र हैन यो त एक महान शासक हुर्काउने धरा हो

विद्धान र विद्धत बर्गको पुजा हुने मन्दिर हो।  

 

प्रदिप कुमार गिरी

धापासी -९ श्रीटोल, काठमाण्डौँ।