• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

कविता- समय परिवर्तन भएछ - दिव्या न्यौपाने

Published : 8 months ago


समय परिवर्तन भएछ

 

अहो त्यो समय

जहिले छिमेकी ,आफन्त साथीसँगी सबै भगवान जस्तै लाग्थ्यो

एकले अर्कालाई विश्वास गर्न सकिन्थ्यो

यिनैलाई आफ्नो संसार मानिन्थ्यो

निर्धक्क साथीसंग खेल्न सकिन्थ्यो

तर आज खै ती ससाना कुरा जहाँ हामीले खुसी भेट्थ्यौँ

खै ती साथीसँगी जसलाई हामीले संसार मानेका थियौँ

आज त

खुसी पनि पैसा संग तौलिंदो रहेछ

 पहिले जुन निर्दोषतामा मानिस मोहित हुन्थे

अहिले त्यहि निर्दोषताको फाईदा उठाइने गरिन्छ 

ती भगवान जस्तै लाग्ने छर छिमेकी आफन्त

राक्षस भैसकेका छन्

आफ्नै घरमा पनि

हामी जस्तै बालबालिका सुरक्षित हुन सकेका छैनन्

हरेक क्षण हरेक पल त्रासै त्रासमा बाँच्नु परेको छ

मानिसमा मानवता हराउँदै गएको छ

त्यसैले त

गुरुले चेली चिन्दैन

काकाले भतिजी चिन्दैन

दाजुले बहिनी चिन्दैन

हजुरबुबाले नातिनी चिन्दैन

बाबुले छोरी चिन्दैन

अहो ! समय त परिवर्तन भएछ

 

दिव्या न्यौपाने

हेटौँडा - ५, मकवानपुर