• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

नदीमा हाम फालेर एकजनाको मृत्यु

Published : 3 months ago


३१ साउन, प्युठान । प्युठानमा पुलवाट झिमरुक नदीमा हाम फाल्दा एकजनाको मृत्यु भएको छ ।

 

जिल्लाको प्युठान नगरपालिका-८ बाग्दुलामा रहेको पक्की पुलवाट हाम फाल्दा प्युठान नगरपालिका -१० बडरा निवासी ५० वर्षीय धनिराम कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यठानले जनाएको छ ।

 

मृतकको शव प्यूठान नगरपालिका-४ स्थित राना बगरमा फेला परेको हो । मृतक मानसिक सन्तुलन ठिक नभएको र औषधी सेवन गर्दै आएकोले पुलबाट हाम फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।

 

शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।