• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

कविता- नेपाली नेता- श्रीइच्छा के.सी.

Published : 4 months ago


नेपाली नेता

 

देश विकास गर्छु भन्ने नेताहरुले

गरे काम त्यसको विपरीत

चुनावको बेला घर घर गई मिठो बोल्दैं

भोट माग्नेहरुअहिले जनताबाट भए अपरिचित

मेलम्चीको पानी ल्याउँछौ भन्दै थिए त्यसैको बहानामा करोडौँ डुबाए

युवाशक्तिले बेरोजगार भई मातृभूमिको बसाई गुमाए

रेमिटेन्सले कति देश चलाउँछौं सरकार वातावरण मिलाएर आफ्नै देशमा

 सिर्जना गर रोजगार

बजेट त ल्यायौ पन्ध्र खर्ब जतिको

तर पनि देशको स्थिती सुध्रिएन कतिको

धानखेतमा कार्पेट ओछ्याई

 मन्त्रीलाई स्वागत गर्नुपर्ने

गरिब जनता चाहिँ जहिलेपनि

 भोकभोकै मर्नुपर्ने

जनतालाई ऐन भएपनि नेतालाई त चैन छ बलात्कार,

हत्या, हिंसा जति बढेपनि सरकार सधै मौन छ

प्रतियोगिता त भइरहेको छ देश र जनताको नाउँमा

देश विकासको लागि नभई

आफ्नै खल्ती भर्ने दाउँमा

प्रकृतिले पनि कति धोका दिन सकेकी छन्

जनता कहिले बाढीपहिरो त कहिले महामारीले डर चिन्तामा परेका छन्।

देशमा प्राकृतिक स्रोत त नभएको होइन उपयोग गर्न पो नसकेको हो

नेताको ढृढ इच्छाशक्तिको कमीले विकास तर्फ नलम्केको हो।

सरकारको नारा र भाषणमा सिमित छ देशको विकास

कहिले होला यि अनगिन्ति समस्याको निकास

कठैबरी! मेरो देशको कहिले होला त विकास!

 

श्रीइच्छा के.सी.

कक्षा-१०

बृहस्पति विद्या सदन

नक्साल, काठमाडौँ