• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

स्वतन्त्र गजल-कसैले बच्पन संझिए त कसैले जवानी संझिए- आनन्द रेग्मी

Published : 3 weeks ago


कसैले पत्थर संझिए त कसैले पानी संझिए।

कसैले बच्पन संझिए त कसैले जवानी संझिए।।

कसैले पत्थर संझिए त कसैले पानी संझिए।।।

 

कहीं कतै कहिले काहीँ रमाईलो भयो हुन त।

कसैले आँखाको धूलो त कसैले नानी संझिए।।

कसैले पत्थर संझिए त कसैले पानी संझिए।।।

 

सबै छ आज मेरो साथमा सबै छोडेको भए पनि।

हुन सक्छ कसैले कथा त कसैले कहानी संझिए।।

कसैले पत्थर संझिए त कसैले पानी संझिए।।।

 

जिन्दगी हो सुख दुःख भईनै रहन्छ भईसक्यो।

पक्कैनी कसैले स्वार्थी त कसैले दानी संझिए।।

कसैले पत्थर संझिए त कसैले पानी संझिए।।।

 

कसैसँग हाँसे हुँला कहिले कसैसंग रिसाए पनि।

सोंचाई हो कसैले मुर्ख त कसैले ज्ञानी संझिए।।

कसैले पत्थर संझिए त कसैले पानी संझिए।।।

कसैले बच्पन संझिए त कसैले जवानी संझिए।।।।

 

आनन्द रेग्मी

सदभावनगर-३, जानकी, बाँके ।