• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- जिन्दगी जिउन कठिन छ कहाँ सरल छ - अदिती अर्याल

Published : 3 weeks ago


जिन्दगी जिउन कठिन छ कहाँ सरल छ

एकातिर  चोट अर्कोतिर मुटु हलचल छ

 

चुहिने  छानो  चिहाउँछन् मेरा खुशीहरू

दुख खरिद गर्न को आउँछ मेरो पसल छ

 

पसिनाको लगानी गर्छु, नङ्ग्रा खियाउँछु

कहिल्यै फल्दैन आम्दानी नोक्सानी फल्छ

 

रोइरहेछ सडकमा भोको पेट, नाङ्गो शरीर

न आफन्त छन् न पेट पाल्न दालचामल छ

 

सुनसान छ मनको बस्ती कैयौं दिनदेखि

दिलमा फेरि यादहरूको चहलपहल छ

 

आफ्ना इच्छा मारे बा’ले सपना पूरा गर्न

फुटेका ती कुर्कुचामा फाटेको चप्पल छ

 

अदिती अर्याल

काठमाडौं