• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गीत-दिए चिनो तिम्रो मैले ,राखेर मनमा पहिले- पवन कोइराला

Published : 3 weeks ago


दिए चिनो तिम्रो मैले ,राखेर मनमा पहिले।

लागेको चोट मेरो निको हुन्छ ,अब कहिले।

 

एउटा पुजारी थियो, मनको मन्दिर पुज्ने।

बिर्सेर  दुनियाँलाई,  मलाई  मात्र  बुझ्ने।

 

फुकाइ मनका सारा, बन्धनहरु फुकाइ।

दिलैबाट माया गर्थे ,केहीपनि  नलुकाइ।

 

शंका गरेर हुन्न ,बिश्वासमा चल्नुपर्छ।

भन्नेहरू नै चुके ,अब यहाँ कसको भर छ।

दिए चिनो तिम्रो मैले…………..

 

पवन कोइराला

वे.न.पा., उदयपुर