• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- एकपछि अर्कोमा यो कोरोना सरे बाट- शिरीष ढकाल

Published : 3 weeks ago


एकपछि अर्कोमा यो कोरोना सरे बाट,

आतंकित छ जग सारा मान्छे मरे बाट ।

 

अस्तित्वै मेटिन्छ यो नदीमा मिसिएपछि,

केहि त सिक्नुस् महोदय खहरे बाट ।

 

गरीवको जिन्दगी बितिजान्छ गरीवीमै,

उदाहरण जो पाएको छु ढाकरे बाट ।

 

वाचा गर्छ लत छोड्ने दुर्व्यसनीले पनि,

लिएपछि एक डोज, लिन्न भन्दै भरे बाट ।

 

अहिले पछुताएर के हुन्छ र हजुर,

बाघ भाुछ बिरालो,हामीले भोट गरे बाट ।।

 

शिरीष ढकाल

मण्डनदेउपुर नगरपालिका-५, काभ्रे

हालस् दुबई, युएई