• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- खाली खाली छन् उर्वर खेतबारी नेपालको- धर्मिला कार्की

Published : 3 weeks ago


बुद्ध र सगरमाथा हुन्  चिनारी नेपालको

विर गोर्खालीको नामले छ पल्ला भारी नेपालको

 

छिमेकीले हस्तक्षेप गरेका छन् हरेक गौरवमा

पहिचानको अस्तित्व नै संकटमा पारि नेपालको

 

सिर्जनशील पुर्खाको मेहनतले बनेका ती

खाली खाली छन् उर्वर खेतबारी नेपालको

 

नेताले स्वाभिमान, नदीनाला, सम्पदा बेच्नाले

विदेशीले रित्याई दिएका छन् भकारी नेपालको

 

स्वर्ग देश उजाडियो हराभरा भयो मरुभूमि

युवा जोश विदेशमा लगानी छ जारी नेपालको

 

लौ न प्रभु देश र जनता बचाउने जन्माइदेऊ

राष्ट्रप्रेमी, पहिचान जोगाउने अधिकारी नेपालको

 

 धर्मिला कार्की

चिशंखुगढी-३, ओखलढुंगा

हाल महाराजगंज, काठमाडौं