गजल-जनताले नै चाहेजस्तो भयो त हजुर ?- रामचन्द्र भट्टराई
Published : 1 month ago

गणतन्त्र नै आए जस्तो भयो त हजुर ?
जनताले नै चाहेजस्तो भयो त हजुर ?
भन्नुभएको थियो समृद्धि हाम्रै पालामा
टुँडीखेलमा कराए जस्तो भयो त हजुर ?
चुनावको बेलामा मख्ख थिए कार्यकर्ता
भाषणमा ताली लाए जस्तो भयो त हजुर ?
धेरै थिए आशा अनि परिवर्तनका अपेक्षा
जयकारको गीत गाए जस्तो भयो त हजुर ?
एकपटक मुल्यांकन गरौ कि त नेता जि
जनमतले न्याय पाए जस्तो भयो त हजुर ?
रामचन्द्र भट्टराई
स्याङ्जा