गजल- रातो साडी/ हातमा चुरा /लगाएकी हुन्छु- धर्मिला कार्की
Published : 1 month ago

रातो साडी/ हातमा चुरा /लगाएकी हुन्छु
कपाल बाट्न/ धागो पनि /मगाएकी हुन्छु
रुप भन्दा/गुण ठूलो/ भएपनि प्रिय
राम्री हुन /ओठमा लाली /गांएकी हुन्छु
सबैजना /संगसंगै /छमछम नाँच्दा खेरी
मैले पनि /पसिना नै /बगाएकी हुन्छु
भगवानको /भजनमा/ रमाउँदै हजुर
रातभरि नै/ निन्द्रालाई /गाएकी हुन्छु
तिम्रै भलो/ चिताएर /बर्षैपिच्छे तिजमा
व्रत बसी /भोक प्यास /भगाएकी हुन्छु
धर्मिला कार्की
महाराजगंज, काठमाडौँ