गजल- कहिले भनेँर मलाई तिम्रो जरुरत छैन- शर्मिला सापकोटा
Published : 1 month ago

कहिले भनेँर मलाई तिम्रो जरुरत छैन,
तिम्लाई आफ्नो बनाउने पनि त तागत छैन ।
सङ्ग सङ्गै जिन्दगी जिउने कुरा त गर्छौ तिमी
अझै सम्म यो सम्बन्ध प्रेममा परिणत छैन ।
आमा बुवा सन्तानको खुशीमा खुशी हुनुपर्छ
कि यो प्रेममा तिम्रो परिवार सहमत छैन।
मन पराउनु गलत कुरा होईन ठिकै छ
कुरा मिले घरजम नत्र छुटौ आपत छैन ।
बजार भरी हल्ला चल्यो मेरो प्रेम मर्यो भन्ने
मुटु च्यातेर हेर किन तिम्रो सनाखत छैन।
शर्मिला सापकोटा
देवचुली १३ नवलपुर