कविता -पृथ्वीमा नेपाल रहुन्जेल बाचिरहनेछन् एकताका प्रतीक -लक्ष्मण चौलागाईं विद्रोही
Published : 1 month ago

पृथ्वीमा नेपाल रहुन्जेल बाचिरहनेछन् एकताका प्रतीक
सुर्य चन्द्रलाई कसैले निभाउन सक्छ भने त्यो दिन तिमी निभ्नेछौ
धर्तीलाई कसैले ढाल्न सक्छ भने त्यो दिन तिमी ढल्नेछौ
इतिहासमा कयन मान्छे जन्मे
तर पृथ्वी घुमुन्जेल तिमि
नेपाली मनको नेपाली मुटुको धड्कन बनी धड्किरहनेछौ
युगपिता ,
आजैको दिन यो धर्तीमा जन्म लिएका थियौ
२९८ वर्ष बितिसकेछ
भौतिक शरिर ढलेको इतिहास पनि
आज १४६ वर्ष बितेछ
तर पृथ्वी आज पनि अजर र अमर छौ
जबसम्म अखण्ड नेपाल रहन्छ तिमी बाचिरहनेछौ
इतिहासले तिमिलाई जन्माएको थिएन भने
आज हामी नेपाली हुन पाउदैन थियौं
त्यही बाइसे चौबिसे राज्यका विवाद र लडाईले
हामी नेपाली साम्राज्यवाद र विस्तारवादका गुलाम हुने थियौं
युगौ युगसम्म नेपाली मनमा बाचिरहु
जबसम्म नेपालको अस्तित्व रहन्छ
तबसम्म तिम्रा शालिक निमोठ्नेहरु पतन हुँदै जानेछन्
तिम्रो खिलाप बर्दास गर्नेहरु
पराजय र असफलताको भागिदार हुनेछन्
कारण तिनिहरु देशद्रोही
अखण्डताका बैरी सावित हुनेछन्
आज तिम्रो अभावमा
हाम्रो एकता धुलो हुने हो कि
यिनै चिन्ताले गर्नुमन लाग्यो कामना
युगपिता पृथ्वीनारायण
फेरि पनि जन्मिरहुन्
सदासर्वदा अमर रहुन्
जय पृथ्वी जयन्ती !!
लक्ष्मण चौलागाईं विद्रोही
सिन्धुपाल्चोक
हाल काठमाडौं ,नेपाल