• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- रमाईला ति मिठा मिठा पल हजुरलाई- मीना घिमिरे

Published : 2 months ago


रमाईला ति मिठा मिठा  पल हजुरलाई

सम्झनामा एउटा् मीठो गजल हजुरलाई

 

खुशी नै छु झुपडीमा गुनासो केही छैन

उपहारमा आलीसान  महल हजुरलाई

 

अँध्यारो नै प्यारो लाग्छ बानी परेकी छु

पुर्णिामाका जूनको टलटल हजुरलाई 

 

मै गरौंला खाली गोडा काडाँमाथी सफर

बाटोभरी बिछ्याइयोस मखमल हजुरलाई

 

हरेकक्षण  म ईश्वरसंग यहि  मागीरहन्छु

मिलिरहोस हर पाइलामा सफल हजुरलाई ।।

 

मीना घिमिरे

पाँचथर फिदिम