• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- दिनभरी पसिनामै भिजेर भोकै निदाएका- सुरेशकुमार पान्डे

Published : 2 months ago


सुस्ख खोज्दै जाँदा दुःखको संसार भेटेयो,

समस्या जता गए पनि बारम बार भेटियो।

 

देशमा आमूल परिवर्तनको आश भएपनी,

जस्तो फाल्छौँ लडेर उस्तै सरकार भेटियो।

 

राष्ट्रीयता जनतन्त्र जन जीविकाको लागी,

शंघर्ष गर्ने देश भक्त पनि बेसुमार भेटियो।

 

दिनभरी पसिनामै भिजेर भोकै निदाएका,

उनैका रगत पसिना चुस्ने हकदार भेटियो।

 

देश जनताको लागि भन्दै गर्छन राजनीति,

तर त्यसैमा अबसरवादको ब्यापार भेटियो।

 

बर्ग शंघर्षका नारा लगाउँछन कयौँले यँहा,

उनैसँग बर्गका जराकाट्ने औजार भेटियो।

 

मार्क्सवाद लेनिनवादको छत र छँया भित्र,

धेरैजसो आफुले ख्रुचेभकै औतार भटियो।

 

सुरेशकुमार पान्डे

दाङ घोराही उप महा नगर पालिका ।

हाल भारत