कबिता –बग्नु- हृदयेश बम
Published : 2 months ago

बग्नु
बग्नु त हाम्रो दिनचर्या नै हो।
बगिरहेका खेत का आलिहरु बचाउदै गर्दा
असार मा रोपेको धान ले मङ्सिर देख्न पाएन।
बर्षौ पहिले को कुरा
काधमा जुवा बोकेका गोरुले पराल देख्न पाएनन।
हातमा कोदालि बोकेका सन्तान ले चामल देख्न पाएनन।
यहीँ पिरमा भक्कानिदै मुटु ढुङ्गा को बनाएर
घिउ बोकेर हाट गएका बिरे बाजे
कर्णाली मा बगे डुङ्गा दुर्घटनामा परी
बग्नु वरालो जमिनमा दौडिनु रहेछ
मेरो गाउँ बाट हेर्दा हरेक बगेका हरु वरालो तर्फ दौडिन्छनन।
कोहि फर्किन्छन कोहि फर्किन्नन।
न फर्किने हरु फर्किन्छन फर्किन्नन के थाह,
बरु फर्किने आसमा अरु पनि बगिरहेका छन।
मेरा माईला बाजे
मेरा माईला वा
अझै फर्किनु भएको छैन ।
सायद द्रुतगतिमा बगेको
पानिका छागाहरु को भुमरीमा लटपटिनु भएको छ होला।
माईलि बजै पर्खाईमै बित्नु भयो
उहाँ का हड्डी हरु वगाईदिएका हुन
माईला बाजे सगँ पुग्यो या पुग्योन।
तर माईलि आमा लाई
लाग्छ यहीँ पानि घुमेर फेरि यहीँ त आउछ होला
मेरो हजुर लाई ढिलो चाडो पुराउने त होला।
रमेश दाई को रगत मुग्लान मा बग्यो
दिनेश दाईको रगत खाडीमा बग्यो
कहिले रगत बग्यो कहिले पसिना बग्यो
कहिले कहाँ को बग्यो कहिले कहाँ को बग्यो
भारत को केदारनाथ बाडि ले बग्यो
सयौं मेरा आफन्त हरु बाडीमा बगे
भारत को कस्मिर मा बिद्रोह को गन्ध बग्यो
हजारौं भाईछोरा हरु कस्मिर मा बगे
साउदी अरव मलेसिया जापान कोरीया
खुल्लामा दिसापिसाब बग्यो
लाखौं भाईछोरा उता बगे ।
समृद्ध देश जनताको शाशन भनेर
सत्र हजार बा आमा देशमा बगे
बग्ने सिलसिला जारी नै छ।
कहिले अखण्ड का लागि रगत बग्यो
कहिले धर्मका लागि त जात का लागि
फेरी एक चोटि सत्र लाख शिरहरु नदिमा बग्ने छन
रगत जमिनमा बग्ने छ शाशक का लागि
अरे बग्नु त हाम्रो दिनचर्या नै हो भाग्य नै हो।
म त देशका खातिर फेरी बग्न तयार छु।
हृदयेश बम
मधुबन नगरपालिका चार,बर्दिया नेपाल
हाल भारत