• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- घरमा भन्छन बुहारी हैन मिसिन आएकोछ- सुरेशकुमार पान्डे

Published : 2 months ago


महिला लाई पिरमर्का दिनौदिन आएकोछ ।

मायाँ प्रिति एक बर्षमा एकछिन आएकोछ ।

 

गुलाबी उपहार होईन समान अधिकार दिनु,

बुझ महिलाकै भागमा कष्ट किन आएकोछ ।

 

माईतमा काम उस्तै जिम्मेवारी अंश बिनानै,

घरमा भन्छन बुहारी हैन मिसिन आएकोछ ।

 

न यो देशको न छिमेकिकै परमपरा अंग्रेजि,

गुलाब लिएर भनछन बेलेनटिन आएकोछ ।

 

मायाँ भयको भय त बारैमाश हुँदो होला नी,

आज गुलाब कुन्नि कस्को अधिन आएकोछ।

 

घरमा आमा बिमारी खान लाउन सदै संकट,

प्रेम दिबसमै कसैको भागमा रीन आएकोछ।

 

सेते सेतीको यो जोडि त सदा बहारहो हजूर,

प्रेम दिन लाई सुन्दा मुहार मलिन आएकोछ।

 

सुरेशकुमार पान्डे

दाङ घोराही उप महा नगर पालिका ।

हाल भारत