• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- गरीब र किसानले जिवन भर परिश्रम गर्छन- सुरेशकुमार पान्डे

Published : 2 months ago


मज्दुरहरुले पनि केही नजानी दुःख पाए,

राम्रो कुरालाई त कत्ति नमानी दुःख पाए।

 

एक दिन कमाउँछन चारदिन फाल्टु बस्दा,

त्यो समय ब्यार्थै गएको नठानी दुःख पाए।

 

उनै भएकाछन जुवा र मदिराको आदीपनि,

बिदेशमा खेरा फालेछन जवानी दुःख पाए।

 

मरि मरी काम गर्छन साहु महाजनको पनि,

खर्च भन्दा थोरै हुन्छ आमदानी दुःख पाए।

 

पिएर हल्लि खल्लि रक्सी रुन्छन बच्चाहरु,

यस्तै भयो गरिब गुर्वाको कहानी दुःख पाए।

 

एक तर्फ गरिबी शोषण र दमन पनि उस्तैछ,

दीन भरी काम गर्दा पुग्दैन खानी दुःख पाए।

 

गरीब र किसानले जिवन भर परिश्रम गर्छन,

कसैले गर्दैन उनिमाथी मेहरबानी दुःख पाए।

सुरेशकुमार पान्डे

दाङ घोराही उप महा नगर पालिका ।

हाल भारत