• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- अत्याचारका तिरले घोँचेर मुटुनै चराउँन खोज्दा- सुरेशकुमार पान्डे

Published : 1 month ago


कम्जोर भयौ एकले अर्कालाई हराउँन खोज्दा,

हामिले आफ्नै दुश्मनलाई पनि सराउँन खोज्दा ।

 

एउटै दुश्मन हो तिम्रो हाम्रो किन एक्ला एक्लैछौँ,

आमूल परिवर्तन ता हुन सक्दैन डराउँन खोज्दा ।

 

पुँजीवादले हामिलाई अन्धा पनि बनाउँदैछ यँहा,

सुख भोगि भई धन सम्पत्ति मन पराउँन खोज्दा ।

 

कसरी अनुशासित हुँन सक्छ त्यो जो हाम्रै रगत,

जबकी हामि उसकै खिलाफमा कराउँन खोज्दा।

 

बोल्छु म बोल्नैपर्ने हुँन्छ अकसर मनमा लागेको,

अत्याचारका तिरले घोँचेर मुटुनै चराउँन खोज्दा।

 

हाम्रो एकता अपरिहार्य देखिन्छ श्रमजीवीहरु हो,

दुश्मन मिलेर हामि सबैलाई फेरी मराउँन खोज्दा।

 

सेतेको अगाडि त आजपनि त्यहि नाराछ जिबित,

को चुप बस्न सक्छ फेरी रगतमा तराउँन खोज्दा।

सुरेशकुमार पान्डे

दाङ घोराही उप महा नगर पालिका ।

हाल भारत