• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

श्रृङ्गारिक गजल- हिजो त राम्रै बोल्थ्यौ आज केभो काली तिम्लाई - राजेश खोटाङ्गे

Published : 1 week ago


हिजो त राम्रै बोल्थ्यौ आज केभो काली तिम्लाई

निहुँ खोज्न थाल्यौ भने बनाउँदिन साली तिम्लाई !! १

 

पुजा पाठ नि गर्दिनौ रे तिम्रो भाइले भन्दै थियो

अँग्रेजी गाना गायौ भने बजाउँदिन ताली तिम्लाई  !! २

 

दिदीलाई सास्ती हुँदा खाना पकाई दिन आउनु

लुगाफाटो आफैं धुन्छु मझाउँदिन थाली तिम्लाई  !! ३

 

खेती लाउँदा बर्खामास आउँनु है काम सघाउन

बीउ काढ्नु रोपाईं गर्नु खनाउँदिन आली तिम्लाई  !! ४

 

प्रविधिले हिजोआज बहुत सजिलो बनाई दयो

पहिला जस्तो हिउँदमा बोकाउँदिन बाली तिम्लाई  !! ५

 

राजेश खोटाङ्गे

थामखर्क खोटाङ