गजल- प्रष्टनै हाम्रै देशको राजनीतिक हाल हुँन्छ-सुरेशकुमार पान्डे
Published : 1 week ago

जब नेताहरुको बुद्धिमा अनिकाल हुँन्छ,
चलि रहेको सरकारमा पनि बबाल हुँन्छ ।
नपताए फर्केर हेर हिँजैको ईतिहाश लाई,
प्रष्टनै हाम्रै देशको राजनीतिक हाल हुँन्छ ।
संसद देखि सडक सम्म बिदेशीको दृष्टीले,
दिनरात देशको अबस्थामै देखभाल हुँन्छ ।
जनता ले सदै भरी अन्याय अत्याचार सए,
आन्दोलन पनि देशभित्र प्रतेक शाल हुँन्छ ।
काम खोज्न बिदेश जान्छौ फर्के पछि यँहा,
खानेलाई पनि बिदेशी चामल र दाल हुँन्छ ।
आएनन् गरिबका दिन शंघर्ष गर्दा गर्दै पनि,
झन गरिब का समस्या अग्लो प्रखाल हुँन्छ ।
सुरेशकुमार पान्डे
दाङ घोराही उप महा नगर पालिका ।
हाल भारत