गजल- एक पल पनि छैन भन्छौ मलाई नसम्झेको- सृष्टि सावित्रा
Published : 1 week ago

जति खाए पनि पीरको ओखती लाग्दैन ।
जिन्दगी बगर लाग्छ बगर जिन्दगी लाग्दैन ।
तिम्रो अघि मात्रै हो डराउने झुक्ने भनेको !
यो दुनियाँको अघि आफू कमजोरी लाग्दैन ।
एक पल पनि छैन भन्छौ मलाई नसम्झेको !
कसरी बिश्वास गरौं मलाई बाडुली लाग्दैन ।
नामको पछि महोदय लाग्यो तिमी बदलियौ ।
म कसरी बदलिउँ ? नामको पछि जी लाग्दैन ।
जब देखि तिमी मेरो कमजोरी खोज्दै हिड्यौ ।
त्यहीदिन बाट गद्दार लाग्छ साथी लाग्दैन ।
सृष्टि सावित्रा
सुन्दर हरैँचा न.पा. मोरङ