गजल- आस दिलाउँदै भनिन- सुरेश पाण्डेय
Published : 3 years ago

मायाको उनले आस दिलाउँदै भनिन् !
कस्तो छ मजा जहर पिलाउँदै भनिन !!
मेरो सम्बन्ध तोडेर पराईको साथमा !
कस्तो छ जोडी गाल मिलाउँदै भनिन !!
आखाँले त्यो अनेकौं दृश्य देखिएपछि!
भ्रममा छ तिम्रो नजर चिलाउदै भनिन् !!
के गलत भएछ म बाट यसरी सोध्दा !
चुपचाप बस्नु कता बिलाउदै भनिन !!
एउटा मुटु फुटेर टुक्रा टुक्रा भएपछी !
जोड्दिन्छु दुख्दैन मुटु सिलाउदै भनिन !!
सुरेश पाण्डेय सुर्खेत बिरेन्द्रनगर