• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

कविता -उ मेरी फेस्बुक कि पृयसी- जीवन भट्टराई

Published : 3 years ago


  उ मेरी फेस्बुक कि पृयसी

प्रतेक पल मोबायलको सिसामा टल्कन्छे

प्रतेक रातको मासमासमा छाउँछे

कतै पिरमा पो परि कि लाग्यो खुलदुली

आईन आज भएँ धरासाही

उ मेरी फेस्बुक कि पृयसी।।

 

अनि,

मध्य रातमा बिउँझिन्छु

ठोकिन्छ्न मोबायलमा नजर

हेर नजर भरी उसकै प्रतिबिम्ब

अहो ! मेरी जीवन कि हितैसी ।

उ मेरी फेस्बुक कि पृयसी ।।

 

दानले सुकेको खल्ती र आँखा

रिचार्ज र निन्द्राको उसलाई

जबर्जस्ति टाउको उठाएर हेर्छु

सपनाले निन्द्रा भंङ्ग गरेसी

उ मेरी फेस्बुक कि पृयसी।।

 

नेटवर्कको मायाँमा ब्यस्थ

यो एउटा अबोध मुटु

धड्किन्छ गाडिको ईन्जिन झैं

जब टेढिन्छे  उ म देखी

उ मेरी फेस्बुक कि पृयसी।।

 

नेटवर्क संगै टुङिने सम्बन्धका लागी

किनेर प्रेतक शब्द खर्चिला,महंगा

बनाएर टाट खल्ती,बैरागी जीवन

उस्को मायामा बन्यो सन्यासी

उ मेरी फेस्बुक कि पृयसी।

 

सुकेको ओठ र आँत लिएर

हारे झैं गरि जीवनसंग

भन्दछ यो दुरबासी प्रेमी

भयो अब सुतौं ए जिन्दगी

उ मेरी फेस्बुक कि पृयसी।।

 

जीवन भट्टराई

बुद्धशान्ति-५, झापा।