• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

कविता - स्वदेश फर्क तिमी - लुमन्ति चित्रकार

Published : 2 years ago


स्वदेश फर्क तिमी

 

भन्छौ कठिन छ परदेशको बसाई

बस्छौ पीएरै फेरि आत्माको रुवाई

सङ्गाली छातीभरी स्वदेशको माया

खप्छौ सधैं तिमी बिदेशीको हेपाई ।।

 

दुई  छाक टार्नलाई  मेहनत गर्नैपर्छ

खर्च जुटाउनलाई पसिना चुहाउनै पर्छ

प्रदेशमा बस या स्वदेशमा युवा तिमी

काम गर्नलाई हातगोडा चलाउनै पर्छ ।।

 

आफ्नै पौरख पोख्ने हो जता पोखे पनि

फेरि किन तिम्रो रोजाईमा बिदेशी भुमी ?

देश रोएको छ तिम्रो यहाँ माटो रोएको छ

हेर्दैछ बाटो घरपरिवारले चाँडो फर्क तिमी ।।

 

लुमन्ति चित्रकार

पाटन