• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल - जहर भरिएको हुदो रैछ महजस्तो बोलिमा नि- प्रतीक्षा घिमिरे थापा

Published : 2 years ago


बिरलै हुन्छन् सच्चा प्रेमका कहानी अचेल त

कठै!धोका खान्छन आँखा का नानी अचेल त

 

जहर भरिएको हुदो रैछ महजस्तो बोलिमा नि

यस्तै नै रहेछ स्वार्थी मान्छेको बानी अचेल त

 

मतलब गर्दैन सरकार रोजगार दिन युवालाइ

थमाइदिन्छ सजिलै हात मा राहदानी अचेल त

 

नसोच्नुस न नारी  मात्र चपेटा मा छन भनी

लुटिएको छ पुरुषको पनि जवानी अचेल त

 

मायाले मुटु पोल्नेछ भन्ने थाहा पाएर  पनि

पस्छन त्यही दलदलमा जानीजानी अचेल त

 

प्रतीक्षा घिमिरे थापा

उदयपुर