• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

कविता -मायाको झरी - अमित संग्रौला

Published : 1 year ago


मायाको झरी

 

ओ मेरि मायालु

प्रियजन तिमी र म

भएर एउटा मिठो गीत रचौं

कविता रचौं

दुनियाँ लाई देखाइ दिओस्

प्रेमका चमत्कारहरु

प्रेमका अनुभुतीहरु

तिनीहरु लाई के थाहा

दुङ्गा जस्तो मन भएकाहरुलाई

आजको यो मायाको झरीमा

हो, आज माया वर्सिदै छ

पोखिदै छन् यौवन र प्रेम मिलेर

 

अहो !

यो कस्तो कौतहलता

कस्तो मनमा हलचल बढेको

यो कस्तो झरी हो र

यो कस्तो माया हो

तिमीलाई हेर्ने चाहना

अनि छुने इच्छाहरु

बढ्दै छन्

आजको यि दिनमा

हो मेरि मायालु

यि दिनहरु पनि

कस्तो बैमानी भएको

यो मायाको झरीका

रंगहरु पनि परिवर्तन

हुँदै गएको

आजको दिन के भएको

मलाई

यो झरी कस्तो रमाइलो

कति स्वादिलो अनि कति

मिठो छ आजको यो मायाको झरीमा ।

 

अमित संग्रौला

 बिर्तामोड , झापा