• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

सप्तरङ्गी साहित्य समाज नेपालका केन्द्रीय अध्यक्ष भट्ट सम्मानित !

Published : 1 month ago


काठमाडौं । शैली साहित्य समाज नेपाल र जन्मभूमि नेपाल साहित्य समाजको सयुक्त आयोजनामा स्रस्टा सम्मान तथा रचना वाचन कार्यक्रममा सप्तरङ्गी साहित्य समाज नेपालका केन्द्रिय अध्यक्ष युवा कवि तथा साहित्यकार श्री केशवराज भट्ट सागरज्यू सम्मानित हुनुभएको छ । कार्यक्रम पहिलो चरण प्रदिप खतिवडाले संचालन गर्नुभएको उक्त कार्यक्रमको सभापतित्व दुर्गा अधिकारी भमरकोटेले गर्नुभएको थियो भने बरिष्ठ उपन्यासकार श्री शंकर भारतीज्यूको प्रमुख आतिथ्यता तथा बरिस्ठ डेउडा गायक श्री नन्दकृष्ण जोशीज्यूको बिशिष्ट आतिथ्यता रहेको थियो । अतिथिमा घुम्ती कवि गोष्ठीका अध्यक्ष राम कुमार पंडित , शैली समाजका अध्यक्ष मञ्जुश्री प्रधान केसी, जन्मभूमिका अध्यक्ष डिल्ली प्रसाद मुलतिहुन ,उद्योग बाणिज्य संघका पुर्व उपाध्यक्ष रुपकुमार शाक्य , उद्योग बाणिज्य संघका कोषाध्यक्ष भूमी नन्दन कर्माचार्य , घुम्ती मुक्तकका अध्यक्ष निर्मल रमण पराजुली ,मुकुन्द दाहाल ,बालकृष्ण दाहाल, नारायण नेपाल , बिनोद दाहाल वत्स्य,खगेन्द्र लुइँटेल , राजेन्द्र प्रसाद भट्ट , संगीता ठाकुर,लगायत धेरै साहित्य मनहरुको उपस्थिति रहेको थियो ।

दोस्रो चरणको कार्यक्रम हिरा गौतमले सञ्चालन गर्नुभएको थियो उक्त दोस्रो चरणको रचना वाचनमा ३० जनाले रचना वाचन गर्नु भएको थियो । रोमा लम्साल , महेश पाण्डे , बबिन न्यौपाने , कान्ति अबस्थी , प्रदीप महर्जन , कल्पना दाहाल , सुचिता काफ्ले , लगायतको उपस्थिति रहेको कार्यक्रम बबरमहल स्थित शैलीको कार्यालयमा सम्पन्न भएको थियो । सप्तरङ्गी साहित्य समाज नेपालका केन्द्रीय अध्यक्ष श्री केशवराज भट्ट सागरज्यूको नेपाली साहित्यको लगाव देखेर सबै प्रभावित भएका थिए । नन्दकृष्ण जोशीले सुदूरपश्चिमको कला आफैमा ओजनदार र पछिल्लो युवा पुस्ताको सक्रियताको प्रशन्सा गर्नु भएको थियो । करिब ४ घन्टा कार्यक्रम चलेको थियो । प्रमुख अतिथि शंकर भारतीले सम्मानित स्रस्टा केशवराज भट्ट सागर भबिस्यका कर्णदार साहित्य प्रतिको लगाव र क्षमताको कदर गर्दै नेपाली साहित्यको खम्बाको रूपमा रहेको बताउन भएको थियो । कार्यक्रमको समापन दुर्गा अधिकारीले गर्नुभएको थियो ।