• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- माया गर्छु भन्ने तिमी- सौरभ सुबेदी

Published : 3 years ago


माया गर्छु भन्ने तिमी, आज गयौ मुटु जलाई ,

सपनिमै भएपनि तिम्रै,हुने मन छ मलाई ।

 

देउरालीमा कसम खाई,माया गर्छु भनेपनि ,

यति चोखो मेरो प्यारमा,किन कोर्यौ सलाई  ।

 

तिम्रो मुहार देखे भने,के के हुन्छ मलाई ,

यदि कोर्नै थियो भनेपनि,किन गर्यौ ढिलाइ ।

 

भन्नेले त केके भनिरहे ,सुन्नै चाहिन मैले ,

तिम्रै प्यारको भरमा पर्दा, धोका भयो मलाई ।

 

भो अब चाहिदैन त्यो, तिम्रो देखावटी माया ,

एक्लै जिउछु मर्छु यहि नै,काफि हुन्छ मलाई ।  

 

सौरभ सुबेदी (चितवन माडि) हाल:- साउदी अरेबिया